पार्टी एकता र सरकार गठन कसैले रोकेर रोकिँदैन-माओवादी केन्द्र

पुस ३, २०७४ मा प्रकाशित | 676 views

काठमाडौं ।

सोमबार बसेको माओवादी केन्द्रको बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो ।
“राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हो ।

यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं” बैठकपछि प्रवक्ता पम्फा भुसालले भन्नुभयो ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ ।

सोमबार बसेको बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ ।

“जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन” प्रवक्ता भुसालले भन्नुभयो ।

समानुपातिकमा माओवादी केन्द्रको कम मत आउनुमा ६०५ स्थानमा उम्मेद्वार नहुनु र समानुपातिक तर्फको व्यवस्थित प्रचार नहुनु मूख्य कारण रहेको पनि प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web