नेपाली किशोरी टिम बंगलादेशसँग ६-० ले पराजित

पुस २, २०७४ मा प्रकाशित | 4240 views

काठमाडौं ।

साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ  ।

आइतबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग उसको घरेलू मैदानमा ६–० गोल अन्तरले पराजित भएको हो ।

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा बंगलादेशविरुद्ध नेपाली टोली निरिह बन्दा पहिलो हाफमै चार गोल खान पूगेको थियो ।

दोस्रो हाफमा लयमा फर्कने आसा गरिएपनि नेपालले थप दुई गोल खाँदा एकोहोरो गोल खाँदै हार्न पूग्यो ।

जितसँगै बंगलादेशले ३ अंक जोडेको छ । यो जितसँगै बंगलादेशले फाइनल चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ  ।

पहिलो खेलमा पराजित भएसँगै फाइनल चरण पुग्ने नेपालको लक्ष्य भने कठिन बन्न पूगेको छ । अब नेपालले दोस्रो खेलमा मंगलबार भारतसँग खेल्ने प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण एसियाका चार राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web