घरेलु तथा साना उद्योगका व्यवसायीसँग ओलीले भने-‘आर्थिक समृद्धि र विकास मुख्य एजेन्डा’

पुस २, २०७४ मा प्रकाशित | 4664 views

काठमाडौं ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले मुलुकको अबको मुख्य एजेन्डा आर्थिक समृद्धि र विकास नै हुने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी एवं कार्यसमितिको टोलीसँग आफनै  निवास बालकोटमा आइतबार कुरा गर्दै एमालेका अध्यक्ष ओलीले स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग, कृषि, पर्यटनमा आधारित भएर उद्यमशील बन्न युवाहरुलाई आकर्षित गर्ने बताउनुभयो ।

देशलाई आत्मनिर्भरतातर्फ अघि बढाउनु अहिले प्रमुख आवश्यकता हो भन्दै  पूर्व प्रधानमन्त्री ओलीले धेरै कुरामा आत्मनिर्भर हुनसक्ने स्थिति हुँदाहुँदै पनि बाहिरबाट आयात गर्ने प्रवृतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न र साना तथा घरेलु उद्योगी÷व्यवसायीले आर्थिक लाभसँगै मुलुकको आत्मनिर्भरतातिर लाग्न घ।ेलुतथा साना उद्यद्योगीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web