पाँच नम्वर प्रदेशको राजधानी दाङमा हुनुपर्ने माग गर्दै तुलसीपुरमा दाबाब रयाली

पुस २, २०७४ मा प्रकाशित | 1926 views

तुलसीपुर ।

पाँच नम्बर प्रदेशको राजधानी दाङमा हुनुपर्ने माग गर्दै तुलसीपुरमा आइतबार दाबाब रयाली निकालीएको छ । सरकारले प्रदेशको अस्थायी राजधानी घोषणा गर्न आलटाल गरेको भन्दै सडकमा उत्रीएका नागरिकले छिटोभन्दा छिटो दाङलाई प्रदेशको राजधानी घोषणा गर्न माग गरेका थिए ।

निर्वाचन सम्पन्न भएको १० दिन वितिसक्दा समेत प्रदेशको राजधानी घोषणा गर्न नसक्नु सरकारको निकम्मा पन भएको भन्दै उनिहरुले दाङलाई तत्काल राजधानी घोषणा गरेर प्रदेश सभाको बैठका लागि तयारी थाल्न आग्रह गरेका छन् ।  दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका दाङ, हरेक दृष्टिकोणले राजधानीका लागि उपयुक्त भएको भन्दै नागरिकहरुले यदि अन्यत्र सार्ने सडयन्त्र भए आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेर सडक तताउने चेतावनी दिएका थिए ।

दबाब ¥यालीलाई सम्बोधन गर्दै नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले राजनीतिक स्वार्थ त्यागेमा दाङ राजधानीका लागि कुनै समस्या नपर्ने बताउनुभयो । ‘भौतीक पूर्वाधार, सुरक्षा, हावापानी, जनघनत्वय, आर्थिक लगाएतको हिसावले दाङ उपयुक्त छ,– संयोजक रेग्मीले भन्नुभयो’ यतिको व्यवस्थीत, ठूलो र मिलेको जिल्ला अन्त छैन ।’

शक्तिका भरमा राजधानी जस्तो संवेदशील विषयलाई अनउपयुक्त स्थानमा लगेमा त्यसले दिर्घकालीन रुपमा ठूलो असर पर्ने भन्दै बडो सुझबुझका साथ निर्णय गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । सो अवसरमा मानव अधिकार रक्षक संजाल दाङका अध्यक्ष शुष्मा गिरी, तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष विरु रवात,नयाँशक्तिका जिवन भण्डारी लगाएतले सडक आन्दोलनको विकल्प नभएको भन्दै माग पुरा नभए सम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

विपिचोकबाट सुरु भएको दबाब ¥यालीले तुलसीपुरका मुख्य बजार  परिकर्मा गरि पुनहः विपिचोकमा पुगेर कोणसभामा परिनत भएको थियो ।

राज्यका महत्पूर्ण इकाईहरु उच्च अदालतको मुकाम, सत्य निरुपन तथा मेलमिलाप अयोगको मुकाम, पाँच नम्बर प्रदेश  प्रहरी कार्यालय (एआइजी कार्याल) को स्थापना तुसीपुरमा भएपछि खुशी र उत्साहित देखिएका दंगलाी जनता सरकारका कृयाकलाप प्रति सशंकित हुन थालेपछि संगठित रुपमा आन्दोति हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web