नेप्से परिसूचक घटयो

पुस १, २०७४ मा प्रकाशित | 1060 views

काठमाडौं ।

यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा १०.३४ अंकले घटेर अन्तिम दिन १५२०.१५ अंकमा पुगेको छ । परिसुचक घटे पनि यो साताको बजारको कारेवार रकम भने गत साताको भन्दा ६१.५४ प्रतिशत बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३ हजार ७२७ कारोबारहरुबाट दुई अर्ब ९२ करोड ८३ लाख छ हजार रुपैयाँ बराबरका ५७ लाख ९५ हजार सात सय ३० कित्ता सेयरहरु किनबेच भएका छन् । कारोबार रकम गत साताको भन्दा ६१.५४ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार १६५ कारोबारबाट एक अर्ब ८१ करोड २७ लाख ८२ हजार रुपैयाँ बराबरका ३३ लाख ७० हजार छ सय ८० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ वित्त र उत्पादनमुलक समहूको कारोवारमा सुधार भएको छ भने अन्य सबै समूूहको कारोवार घटेको छ ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड र  कारोबार भएको सेयर संख्याको आधारमा ग्लोबल आइएमई बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् ।

नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुन्तला जोन कार्यक्रम शुरु भएको छ ।

कृर्षि विकास मन्त्रालयद्वारा यस वर्षबाट नवलपरासीको पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न सुन्तला जोन कार्यक्रम शुरु भएको हो ।

कार्यक्रम अन्तर्गत सुन्तलाको खेती गर्ने किसानलाई बीउबिजन अनुदान र मेसिनरी औजार अनुदानलगायतका सेवा उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले जानकारी दिनुभयो ।

यसैबीच नवलपरासीका पहाडी भेगका सुन्तला खेती गर्ने कृषकले यस वर्ष सुन्तलाखेतीबाट मनग्य आम्दानी गरेका छन् । प्रति बोटबाट सरदर  एक हजारंका दरले सुन्तला बिक्री गरेको यहाँका कृषकले बताएका छन् ।

नवलपरासीको पूर्वपहाडी भेगअन्तर्गत साविक १७ गाविसमा सुन्तला खेती गरिन्छ । जसमध्ये सुन्तला खेतीका लागि बुङदीकाली र बुलिङटार क्षेत्रलाई पकेट क्षेत्रका रुपमा मानिन्छ । नवलपरासीको पहाडका क्षेत्रका हरेक गाउँमा कृषि सडक पुगेपछि व्यापारीहरु गाउँगाउँमा पुुगेर सुन्तला किन्ने गरेको किसानको भनाइ छ ।

नवलपरासीमा यस वर्ष १२० हेक्टर क्षेत्रफलमा ३५४ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

तेह्रथुममा सञ्चालित विभिन्न लघु जलविद्युत् आयोजनाहरु आवश्यक मर्मत, सम्भार र रेखदेखको अभावमा बन्द हुन थालेका छन् ।

जिल्लाका आधादर्जनभन्दा बढी खोलामा लघु जलविद्युत् आयोजना निर्माण भएका भए पनि अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण बन्द हुन पुगेका हुन् ।

जिल्लाका सबै गाउँसम्म केन्द्रीय प्रशारण लाइनको विद्युतीकरण पुग्न सकेको छैन । विद्युतीकरण नभएका गाउँका बासिन्दाले लघु जलविद्युत् आयोजना सञ्चालन गरेका छन् । तर त्यस्ता आयोजना निर्माण गर्दा शुरुमा केही सरकारी अनुदान पाउने भए पनि निर्माण भइसकेपछि मर्मत सम्भारका लागि रकमको व्यवस्था हुन नसक्दा त्यस्ता आयोजना बन्द हुने गरेका छन् ।

जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुगा खोला लघु जलविद्युत् आयोजना समेत पाँच वर्षदेखि ठप्प छ । जिल्लामा अहिलेसम्म १६ वटा साना तथा लघु जलविद्युत् आयोजना निर्माण भएको जिल्ला समन्वय समिति, वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख इञ्जिनियर मनोजकुमार चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web