सर्लाही ।

सर्लाहीको बागमती नगरपालिकाले आज ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ ।

छोरा जन्माउने महिलालाई ३ हजार रुपैँया र छोरी जन्माउने महिलालाई ५ हजार रुपैँयाका दरले पोषण भत्ता वितरण गर्न सूरु गरिएको नगरपालिका प्रमुख भरत कुमार थापाले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन पछि पदभार ग्रहण गरेलगत्तै बसेको नगर कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार आज पहिलोपटक नगरपालिकाको १२ वटै वडाका ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो ।

जिल्लामै पहिलो प्रयास स्वरुप सुत्केरी महिलाले पोषणको अभाव झेल्नु नपरोस् भनेर आफूहरुले यस्तो अभियानको सूरुवात गरेको नगरपालिका प्रमुख थापाले बताउनुभयो ।

समाजमा विधमान छोरा र छोरी विचको विभेद तथा छोरी जन्मदा सुत्केरी महिला अपहेलित हुनुपरेको कारणले गर्दापनि आफुहरुले छोरा र छोरी जन्माउने सुत्केरीलाई फरक–फरक भत्ताको व्यवस्था गरेको नगरपालिकाकी उपप्रमुख लिलाकुमारी मोक्तानले बताउनुभयो ।

नेपाल सरकारले समेत स्वास्थ चौकीमा प्रसुती गराउने महिलालाई हिमाली जिल्लामा १ हजार ५ सय, पहाडी जिल्लामा १ हजार र तराईमा ५ सय रुपैँया पोत्साहन भत्ता दिने व्यवस्था छ ।

17.29¡ÆC