काठमाडौं ।

मनाङ मस्र्याङदि क्लबले दोस्रो मनमोहन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । मनाङ्ग मस्र्याङदि क्लब क्लब

शुनसरीको दुहबि रङ्गशालामा शनिबार सम्पन्न फाईनलमा मनाङ्ग मस्र्याङदि क्लबले नेपाल आर्मी क्लबलाई २/१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हाम्रा सुनशरी समाचारदाता अशिस कुमार यादवले जनाएका छन् ।

फाईनल खेलको म्यान आफ दि म्याच घोषित भएका मनाङ्ग मस्र्याङदि क्लबका विशाल राईले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

प्रथम भएको मनाङ्ग मस्र्याङदि क्लबले ४ लाख र दोस्रो भएको नेपाल आर्मी क्लबले २ लाख रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा मनाङ्ग मस्र्याङदि क्लबका दिनेश थापा मगर उत्कृष्ट गोल किप्पर, सेड्रिक उत्कृष्ट डिफेन्डर, कप्तान अनिल गुरुङ्ग उत्कृष्ट फर्वाड र छिरिङ्ग लोपसाङ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

नेपाल अर्मी क्लबका भरत खवास उत्कृष्ट मिड्फिल्डर घोषित भएका थिए ।

सबै उत्कृष्ट घोषित भएकाहरुले १० हजार रुपैँया प्राप्त गरेका थिए ।

उदयिमान खेलाडि घोषित भएका आयोजक एलेभेन एरोजका श्रीजित कार्कीले ५ हजार रुपैँया प्राप्त गरेका थिए ।

प्रतियोगिता अवधिभरि सार्वाधिक ३ गोल गरेका नेपाल आर्मी क्लबका नवयुग श्रेष्टले १५ हजार रुपैँया प्राप्त गरेका थिए ।

यसैगरि प्रतियोगता कै सर्वोत्कृष्ट खेलाडि घोषित भएका मनाङ्ग मस्र्याङदि क्लबका शुजल श्रेष्ठले २५ हजार रुपैँया पुरस्का प्राप्त गरेका थिए ।

22.12¡ÆC