बंगलादेशलाई हराउँदै नेपालले उचाल्यो ह्विल चियर टि-२० क्रिकेटको उपाधि

पुस १, २०७४ मा प्रकाशित | 6181 views

काठमाडौं ।

नेपाल प्रथम ह्विल चियर त्रीकोणत्मक टि-२० क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

लगनखेल स्थित नेपाली सेनाको सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न फाईनलमा नेपालले बंगलादेशलाई ५४ रनले पराजित गरेको थियो ।

नेपालका शुरुआती ब्याट्स् म्यान दिगम चेमजोङ्ग लिम्बुले अविजित रहँदै ७९ रनको योगदान गरेका थिए भने अर्का शुरुआती ब्याट्स् म्यान नविन राईले पनि ५९ रन बनाउँदै अर्धशतक पुरा गरेका थिए ।

यस फाईनल खेलको म्यान अफ दि म्याच नेपालका दिगम चेमजोङ्ग लिम्बु घोषित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web