समानुपातिक परिणाम, एमाले पहिलो विवेकशिल साझा छैटौं, संसदमा भने पाँच दल मात्रै

पुस १, २०७४ मा प्रकाशित | 1125 views

काठमाडौं । प्रत्यक्ष निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले समानुपातिक मतगणनामा पनि पहिलो बन्न सफल भएको छ ।

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना शुक्रबार नै सकिने जनाए पनि गणना सकिन लाग्दा एमाले र कांग्रेसबीचको मतान्तर ५२ हजार रहेको छ ।

मतगणनाका क्रममा एमालेले कांग्रेसलाई झण्डै १ लाख मतले पछि पारेको थियो । मतगणना अन्तिम चरणमा आइपुग्दा कांग्रेसले स्थिति  सुधारेको मात्रै छैन, ३० लाख ६० हजार ८५० मत हासिल गरेको छ । एमालेले कांग्रेसको भन्दा ५२ हजार बढी अर्थात् ३१ लाख १२ हजार ७ सय ४७ मत प्राप्त गरेर अग्रता यथावत राखेको छ ।

नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीको पक्षमा हालसम्म १२ लाख ७३ हजार ७७१ मत परेको छ भने संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ बटुलेको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत हासिल गरेका छन् ।

आयोगका अनुसार, अहिले सुनसरी र सर्लाही जिल्लाको मतगणना भइरहेको छ ।

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा अनुसार तीन प्रतिशतको थ्रेस होल्डका कारण हालसम्मको नतिजामा संसदमा चार दल पाँच दल मात्र रहने भएको छ ।

जस अनुसार समानुपातीक नतिजामा पाचौं स्थानमा रहेको विवेकशिल साझा पार्टी छैटौं स्थानमा रहेपनि संसदमा प्रतिनिधित्व गर्न असफल हूने देखिएको छ ।

एमाले ८०/ ४२ = १२२
माओवादी ३६/ १७ = ५३
कांग्रेस २३/ ४० = ६३
राजपा ११/ ०५ =१६
ससफो १०/ ०६ =१६
नयाँ शक्ति ०१/ ०० =०१
जनमोर्चा ०१/ ०० =०१
नेमकिपा ०१/ ०० =०१
राप्रपा ०१/ ०० =०१
स्वतन्त्र ०१/ ०० =०१
जम्मा १६५/ ११० =२७५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web