केयुको २३ औं दिक्षान्त समारोहबाट १ हजार ३४९ विद्यार्थी दिक्षीत

पुस १, २०७४ मा प्रकाशित | 7052 views

केयुको २३ औं दिक्षान्त समारोहबाट १ हजार ३४९ विद्यार्थी दिक्षीत

धुलिखेल ।

काठमाडौ विश्वविद्यालयको २३ औ दिक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमबाट १ हजार ३ सय ४९ विद्यार्थी दिक्षीत भएका छन् ।

धुलिखेलमा विश्वविद्यालयका सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहकाबिच PHD २१ जना, MPhil ५१ जना, ME २५ जना, MPharm, MTeach, MSc ४५ जना, MBA, EMBA १०९ जना, MA, MEd १२७ जना गरी स्नातकोत्तर तहमा ३८८ जना विद्यार्थीहरु दिक्षीत भएका हुन् । त्यस्तै दिक्षान्त समारोहमा BE मा २२७ जना, BPharm, BSc, BTech मा १८८ जना,  BBA, BBIS, BHTM मा ३५० जना र अन्य विषयका १९६ जना स्नातक विद्यार्थीहरु पनि सहभागि भएका छन् ।

दक्ष जनशक्ति उत्पादनका दृष्टिले अब्बल शैक्षिक संस्था मानिएको केयुबाट ११ देशका २९ जना बिद्यार्थीहरु समेत आजै दिक्षित भएको उपकुलपति प्रा.डा. रामकण्ठ माकजु श्रेष्ठले जानकारी दिनुभयो ।

दिक्षान्त समारोहमा आउनुभएको विश्वविद्यालयको सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विभिन्न तहका विद्यार्थीहरुलाई दिक्षित गराउनुहुँदै दिक्षीत भएको विद्यार्थीहरु राष्ट्र निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ । सवृद्ध नेपाल बनाउने काम हामी आफैंबाट सम्भव रहेको भन्दै शिक्षामन्त्री श्रेष्ठले ति कामममा लाग्न दिक्षीत विद्याथीहरुलाई आग्रह पनि गर्नुभयो ।

काठमाडौं विश्व विद्यालयबाट हालसम्ममा स्कुल अफ मेडिकल साईन्सबाट १२ हजार २३६ जना, स्कुल अफ ईञ्जिनियरिङबाट २ हजार ९२८ जना, स्कुल अफ साईन्सबाट २ हजार ५९० जना, स्कुल अफ एजुकेशनबाट १ हजार ३९ जना, स्कुल अफ आर्टस्बाट २ हजार ९७ जना र स्कुल अफ म्यानेजमेन्टबाट ४ हजार ९८३ जना स्नातकहरु दिक्षीत भईसकेका छन् । हालसम्ममा जम्मा २५ हजार ८७३ जना स्नातक गरेका विद्यार्थीहरु उत्पादन गरिसकेको उपकुलपति श्रेष्ठले जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web