ललितपुर ।

ललितपुरको सैंबु भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गौलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल ९एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी० शुरु भएको छ ।

‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि हो ।

नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल नेपालमा प्रयोगमा रहेका अन्य इएसडब्लुएल मसिनको तुलनामा पथरी फुटाउने क्षमता बढिरहेको छ ।

अत्याधुनिक यस मिसिनको प्रयोगबाट मिर्गौलाको पथरी फुटाउँदा अन्य मेसिनभन्दा बिरामीलाई दुखाई कम हुने, मिर्गौलामा पनि कम चोट लाग्ने र विकीरणले पु¥याउने हानीसमेत कम हुने नेपाल मेडिसिटी अस्पतालका युरोलोजी विभागका प्रमुख डा महेशबहादुर अधिकारीले जानकारी दिनुभएको छ ।

मेडिसिटीले ल्याएको विश्वस्तरीय इएसडब्लुएल मेसिनको बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘यस मेसिनमा अल्ट्रासाउन्ड र फ्लोरोस्कोपी जस्ता प्रविधि जडित भए पनि हाल बजारमा उपलब्ध रहेका अन्य सेवा प्रदायककै शुल्कको हाराहारीमा मेडिसिटीले यो उपचार सेवा प्रदान गरिरहेको ।’’

नेपाल मेडिसिटी गैह्रआवासीय नेपाली संघ ९एनआरएनए०का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको लगानीमा विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उद्देश्यसहित सञ्चालित अन्तर्रा्ष्ट्रियस्तरको अस्पताल हो ।

23.01¡ÆC