तीन करोडको सुन्तला वजार पठाउने तयारी

मंसिर २९, २०७४ मा प्रकाशित | 618 views

पर्वत ।

सुन्तला गाउँको नामले चिनिने वाँसखर्कका कृषकहरु यसवर्ष करिव तीत करोडका सुन्तला बजार पठाउने तयारीमा छन् । जिल्लाकै सबैभन्दा वढि सुन्तला उत्पादन हुने वाँसखर्कमा यसवर्ष करिव तीन सय टन उत्पादन भएको स्थानीय अगुवा कृषक जगतवहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिकिलो एक सय देखि एक सय वीस रुपैयाँको दरले कृषकहरुले गाउँवाटै सुन्तला विक्री गर्ने तयारीमा छन् । सुन्तला खरिद गर्न यहाँका किसानका बारीमै चितवन तथा काठमाण्डौंका व्यवसायी मोलमोलाई गर्न आउँछन् ।

स्थानीय वजार कुश्मा, वागलुङ, वेनीमा वाँसखर्कको सुन्तला उपभोक्ताहरुले रोजाई र खोजाईमा पर्छ । वाँसखर्कको सुन्तला देशकै स्वादिलो सुन्तलाको रुपमा परिचित छ । ‘व्यापारीहरु कार्तिक देखि नै वुकिङ गर्न आउने गर्छन, स्थानीय कृषक मेखवहादुर खत्रीले भन्नुभयो, ‘हामीले कार्तिक देखि नै बोटै ठेक्का लगाउने गरेका छौँ ।’ यसपाली पनि दशैँ सकिएपछि बाहिरका व्यापारी आएर ठेक्का लगाएर गएको खत्रीले वताए । यहाँको सुन्तलाको दाना पोटिलो र रसिलो हुने भएकाले व्यापारीहरुले अग्रिम वुकिङ गर्ने गर्छन ।

अनुकुल मौसमका कारण सुन्तलाको उत्पादन राम्रो भएको स्थानीय चन्द्रकुमारी भण्डारीले वताउनुभयो । विगत भन्दा अहिले उत्पादन वढि र मुल्य पनि केहि वढेकाले आम्दानी पनि सन्तोषजनक रहने उहाँले बताउनुभयो ।

गाउँका २५९ घर परिवार मध्ये २१० घर परिवारको मुख्य पेशा नै सुन्तला खेती हो । वर्षेनी सुन्तला विक्रीवाट प्रति परिवार एक लाख देखि १८ लाख रुपैयाँ सम्म आम्दानी गर्ने गरेका छन् ।

उत्तरी मोहडामा फैलिएको र ८ सय देखि १३ सय मिटरको उचाईमा अवस्थीत यहाँ अनुकुल मौषम र सुन्तलाका लागि सुहाउँदो माटो भएकोले माघको अन्त्यसम्म बोटमै लटरम्म पंहेलपुर सुन्तला देख्न सकिन्छ । गाउँसम्म पुग्ने वाटो सहज भएका कारण ढुवानीमा समस्या छैन ।

स्थानीयले २०७१ सालमा आफै चन्दा उठाएर पर्वत बेनीदेखि गाउँसम्म पुग्ने सडक बनाएकोले हिजोआज सुन्तला बिक्रिका लागि गाउँमै ढुवानीका साधन पुग्नेगरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web