केपी ओलीले निर्माण व्यवसायीलाई भने-‘निर्माण कार्य पारदर्शी र गुणस्तरीय हुनपर्छ’

मंसिर २९, २०७४ मा प्रकाशित | 1026 views

Default News Image

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अहिले पुनर्निर्माणको चरणमा भएकोले अबको केही दशक निर्माण क्षेत्रले देशलाई ठुलो योगदान पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डललाई आज आफ्नै निवास बालकोटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास निर्माण कार्य पारदर्शी र गुणस्तरीय हुनुपर्ने बताउनु भयो ।

उहाँले निर्माण व्याबसायी बलियो हुने तर पुल र बाटो कमजोर हुने कुरा अब सैह्य नहुन उल्लेख गर्दै सबैले इमान्दारीपूर्वक आर्थिक पारदर्शीता सहित गुणस्तरीय काम गर्नुपर्ने बताउनुभयो ।

यसैबीच अध्यक्ष ओलीलाई बधाईं दिन आज उहाँको निवास बालकोट पुगेको नेपाल जामे मस्जिद व्यवस्थापन समितीको टोलीलाई सम्बोधन गर्दै ओलीले नेपालमा अब कुनै पनि जाति वा समुदायले आफू विभेदमा परेको महशुस गर्नु नपर्ने बताउनुभयो ।

उहाँले सबै अल्पसंख्यक समुदायको संरक्षण सरकारले गर्ने बताउनुभयो ।

नेपालीहरुमा आपसी विश्वास र सद्धभाव भएकै कारण जाति, धर्म र समुदायका बीचमा मिलेमतो रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web