झापाका एक युवाको सवारी दुर्घटनामा परि निधन

मंसिर २९, २०७४ मा प्रकाशित | 1829 views

दमक ।

पूर्व पश्चिम राजमार्ग स्थित शिवसताक्षी नगरपालिका ९ भालुखोलामा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा झापाको शिवसताक्षी–९ का २५ वर्षीय सनम कन्दङ्वा रहेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१०च ९७१८ नं को मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे६प २३३३ नं को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको ज्यान गएको हो ।

भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन्। घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web