आगलागीले घरसम्त्ती जलेपछि दुई दलित परिवारको बिचल्ली

मंसिर २९, २०७४ मा प्रकाशित | 7608 views

लहान ।

सिरहाको लहान नगरपालिका १४ बस्तीपुरस्थित दलित बस्तीमा बिहीबार अपरान्ह आगलागी हुँदा दुई घर जलेर सखाप भएको छ । आगलागीमा मानवीय क्षति नभएपनि घरसहित सम्पूर्ण सरसामान जलेपछि पीडितहरु बढ्दो चिसोमा बिचल्लीमा परेका छन् ।

घरका काम गर्न सक्नेहरु मजदूरी गर्न गएका बेला भएको आगलागीमा स्थानीय बौकु सदायको दुई वटा घर, नगद एक लाख २० हजार रुपैयाँसहित अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेको छ ।

‘कान्छा छोरा इन्दललाई वैदेशिक रोजगारीका लागि दुवई पठाउन भैंसी बेचेको ७० हजारसहित गाउँबाट ऋण काढेको ६५ हजार गरी एक लाख २० हजार रुपैयाँ टिनको बाकसमा राखेको थिएँ, त्यो समेत झिक्न पाइँन’ आँसु झार्दै बौकुले भन्नुभयो ‘मजदूरी गरेर जोगाएको दुई क्वीण्टल धान र दुई क्वीण्टल चामलसहित सबै जलेको छ, बढ्दै गरेको चिसोमा साह्रै कष्ट झेल्नु पर्नेभयो ।’ आगलागी लहानबाट गएको वारुण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो ।

ओत लाग्ने घरसहित सबै जलेर खरानी भएपछि अहिले बौकुको नौ जनाको परिवार छिमेकीको गोठमा आश्रय लिएर बसिरहेको स्थानीय धुथर सदायले बताउनु भयो ।

आगलागीपछि इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोलीले घटना विवरण बुझेर फर्किएपनि कसैले केही राहत नदिएको पीडित बौकुुले गुनासो गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web