ललितपुर । नेपाल प्रथम ह्विल चियर त्रिकोणत्मक टि २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा विजयी भएको छ ।
लगनखेलस्थित नेपाली सेनाको सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालका लागि सर्वाधिक ४ विकेट लिएका विपिन पौडेल यस खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।
19.12¡ÆC