काठमाडौं ।

राष्टपति विद्यादेवी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आज आयोगको बार्षिक प्रतिबेदन पेश गर्नुभयो ।

राष्टपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रमुख आयुक्त बस्न्यातले आयोगको आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

राष्टपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त बस्न्यातले गत आर्थिक वर्षमा १९ हजार ५८० उजुरीहरुमाथि अनुसन्धान तथा तहकिकात गरी ७ हजार ६५ उजुरी प्रारम्भिक छानबीनबाट तामेलीमा राखिएको, ३०६ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको र ४ हजार ४९० वटा उजुरी अन्य आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाईएको बताउनुभयो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७३–७४ मा सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुबाट हानी नोक्सानी सच्याउने कार्य भई ८ करोड ५५ लाख असूल उपर भएको र २ करोड असूल उपरका लागि सम्बन्धित निकायमा लेखी पठाईएको उल्लेख छ ।
नायब सुब्बा घुससहित पक्राउ
भक्तपुर ।

जिल्ला मालपोत कार्यालय भक्तपुरको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई १ लाख रुपैया घुस लिँदै गर्दा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सूर्वविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु १ लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।
टोलीले थप अनुसन्धान जारी राखेको छ ।

23.01¡ÆC