सबै दलबीचको सहमतिमा राष्ट्रपतिको जोड

मंसिर २८, २०७४ मा प्रकाशित | 1118 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज भेटी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणनाका विषयमा जानकारी गराउनुभएको छ ।

त्यस अवसरमा राष्ट्रपतिले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्ण रुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्न भएकामा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल लगायत सम्पूर्ण राष्ट्रसेवक तथा मतदातालाई धन्यवाद दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले निर्वाचनपछि अब सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web