बुटवल ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको २४ घण्टा बित्न नपाउँदै प्रत्यक्ष तर्फ तेस्रो दल बनेको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बाम सरकार १८ महिनामा ढालिदिने धम्की दिएका छन ।

कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु निकै छोटो हुने चेतावनी दिंदै भण्डारीले निर्वाचन परिणामबाट कांग्रेस आत्तिनुनपर्ने बताए ।

बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले भने, ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ ।’

अब पनि स्थिर सरकार नहुने बताएका भण्डारीले काँग्रेसले सत्ता टिक्न नदिने संकेत गर्दै भने कांग्रेसलाई सामान्य ठानी बाहिर राख्ने काम गर्नु हुँदैन यसो भएमा वामसरकारको आयु १८ महिनामै सकिन्छ ।

भारतले नाकाबन्दी गर्दा पार्टीले त्यसको प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्रयाउने प्रस्तावमा समर्थन गर्नु र माओवादीका नेता कार्यकर्ता वाम गठबन्धनमा धेरै ईमान्दार बनेका कारण कांग्रेसले हार व्यहोर्नु परेको र आफुपनि त्यसैको शिकार भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्यका लागि गुल्मी १ मा उठेका भण्डारी एमाले सचिप प्रदिप ज्ञवालीसँग ७ हजार बढी मत अन्तरले पराजित भएका हुन् ।

ज्ञवालीले ३७,९१४ मतका साथ विजय भएका थिए भने भण्डारीले ३०,२५६ मत मात्र प्राप्त गरेका थिए ।

24.12¡ÆC