गच्छद्धार छैटौँ पटक सुनसरी–३ बाट विजयी

मंसिर २७, २०७४ मा प्रकाशित | 4414 views

सुनसरी । सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उमेदवार विजयकुमार गच्छदार छैंटौंपटक विजयी हुनुभएको छ ।

आज मध्याह्न सार्वजनिक मत परिणामअनुसार ३२१ मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

शुरुदेखि विपक्षी उम्मेदवारको अग्रताका बाबजुद पनि नेता गच्छदार अन्ततः झिनो मतअन्तरले विजयी हुनुभयो ।

सुनसरीबाट निरन्तर छैंटौंपटक जित्नुभएका गच्छदारले प्रनिनिधिसभातर्फको यस पटकको निर्वाचनमा ३८ हजार ९७२ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६५१ मत पाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web