पार्टीभित्रको दबाब अब कसरी झेल्लान् देउवाले ?

मंसिर २७, २०७४ मा प्रकाशित | 1001 views

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ कांग्रेसले पार्टीले ल्याउँदै गरेको मतले पनि सावित गर्न नसक्ने देखिइसकेको छ ।  समानुपातिकतर्फ समेत एमाले नै अग्रस्थानमा आएपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी परिणामलाई लिएर पार्टीभित्रबाटै परिरहेका दबाब कसरी झेल्लान् ?

कांग्रेसका नयाँ पुस्ताका नेताहरूले विशेष महाधिवेशन बोलाएरै पार्टीले कार्यकर्तामा पुनर्जागरणको सन्देश दिन आवश्यक रहेको बताउन थालेका छन् । तर देउवानिकट नेताहरू महाधिवेशन आहवान गर्ने पक्षमा देखिँदैनन्, हालको पराजयलाई सामान्य चुनावी जितहारका रूपमा लिनुपर्ने बताउँछन् ।

विशेष महाधिवेशन माग गर्दै आएका केन्द्रीय नेता गगन थापा भने पहिलो पुस्ताबाट पार्टीको पुनर्जागरण सम्भावना नरहेको ठान्छन् । यसको अर्थ युवा पुस्तालाई नेतृत्व दिएकै कारण पार्टीमा पुनर्जागरण भइहाल्छ भन्ने पक्षमा उनी छैनन् । ‘नेतृत्व दिने कि नदिने भन्ने मुख्य प्रश्न होइन ।

अबको पाँच वर्षसम्म पार्टीलाई एक नम्बरमा पुर्‍याउन युवा पुस्तालाई काम गर्ने वातावरण दिनुपर्छ भन्ने कुरा मुख्य हो,’ उनले भने, ‘तल्लो तहसम्म पार्टीलाई पुनर्जागरण गर्न सक्ने क्षमता हामीसँग छ, पदको लोभ छैन । तर, काम गर्ने वातावरण नेतृत्वले देओस् । एक नम्बरको पार्टी बनाएर हाम्रो पुस्ताले देखाउन सक्छ ।’

अर्का नेता धनराज गुरुङले हालको अवस्था आउनुका पछाडि वाम गठबन्धनमात्रै कारण नभएको बताउँदै पार्टी र सरकार सञ्चालनमा समयको वेग बुझ्न नसक्दाको परिणति देखापरेको बताए, कान्तिपुरमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web