प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम परिणाम सार्वजनिक, कुन प्रदेशमा कसलाई कति सिट?

मंसिर २७, २०७४ मा प्रकाशित | 738 views

काठमाडौं । दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम परिणाम सार्वजनिक भएको छ। सुनसरी ३ (ख) बाट निर्वाचित कांग्रेसका अगमलाल चौधरी प्रदेशसभामा निर्वाचित हुने अन्तिम सांसद बनेका छन्। निर्वाचन परिणामले ७ मध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनलाई स्पस्ट बहुमत प्राप्त हुने देखिएको छ। समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी नै रहे पनि वाम गठबन्धनले प्रत्यक्षबाटै स्पष्ट बहुमत पाउने पक्का भएको हो।

कांग्रेसले कुनै पनि प्रदेशमा डबल डिजिट (१० वा सोभन्दा बढी) सिटमा जित हात पार्न सकेको छैन। दुई नम्बर प्रदेशमा भने संघीय समाजवादी पहिलो, राजपा दोस्रो र एमाले तेस्रो भएका छन्। साना दलतर्फ राजमोले ४ नम्बर प्रदेशमा २ सिट, नयाँ शक्तिले प्रदेश ३ र ४ मा एक-एक सिट, नेमकिपाले ३ नम्बर प्रदेशमा १ सिट र स्वतन्त्रले ४ नम्बर र १ नम्बर प्रदेशमा १/१ सिट जितेका छन्। हेर्नुहोस् कुन प्रदेशमा कुन पार्टीको कति सिट?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web