सिन्धुली ।

सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । त्यस ऊर्जा केन्द्रबाट सोमबारदेखि विद्युत् प्रवाह पनि थालिएको छ ।

सूर्य र हावाबाट बिजुली उत्पादन गर्न त्यस परियोजनामा करिब १ अर्ब ६२ करोड लगानी भएको थियो । परियोजनाबाट दैनिक ११० किलोवाट बिजुली उत्पादन हुनेछ ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।

बैंकका देशीय निर्देशक मुख्तोर खामुद खानोभलेस्वच्छ ऊर्जामा गाउँका जनताको पहुँच वृद्धि भएपछि स्थानीय आय वृद्धिका साथै बाह्य विश्वसँग उनीहरूको सम्पर्क स्थापना हुने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्वच्छ ऊर्जाको उपयोगले ग्रामीण भेगमा आर्थिक गतिविधिमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो ।

17.37¡ÆC