सिंहदरवार वैद्यखानाले अन्तरराष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्ने

मंसिर २६, २०७४ मा प्रकाशित | 1002 views

काठमाडौं ।

सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ ।

वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्तीमा ४ उत्पादन जिएमपी अर्थात गुड म्यानुफ्याक्चरिङ प्राक्टिस अनुसार उत्पादन गरिने जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग भएकाले यसका उत्पादनलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार बनाउन आगामी ५ वर्षमा सबै उत्पादन जिएमपी मापदण्ड अनुसार उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपकरण प्रयोग गरी उत्पादन गर्नुपर्ने हुन्छ भने उत्पादन भएको औषधि परीक्षण गर्ने ल्याब पनि सोही अनुसारको हुनुपर्छ ।

जिएमपीमा औषधि जाने भएपछि विश्व बजारमा उचित मूल्यमा बिक्री–वितरण भई व्यवसायीलाई फाइदा हुने वैद्यखानाले जनाएको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिले देशमा उपलब्ध प्राकृतिक जडीबुटीको प्रयोग गरी १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web