२५ हजार घूससहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

मंसिर २६, २०७४ मा प्रकाशित | 2180 views

Default News Image

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको टोलीले आज नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई २५ हजार रुपैया घूससहित रङ्गेहात पक्राउ गरेको छ ।

ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि २५ हजार रुपैया घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर चौथो तहका इलेक्ट्रिक फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई पक्राउ गरी अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता रमेश ढकालले जानकारी दिनुभयो ।

केही दिनअघि कार्यालयले सिँचाइ कार्यालयका एक इन्जिनियरलाई पनि घूससहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web