काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब छिट्टै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ ।
काठमाडौँको शङ्खरापुर नगरपालिकाको साँखुमा आयोजित सभामा नेता नेपालले दुवै पार्टी एकता हुँदैन कि भनेर आशङ्का नगर्न आग्रह गर्दै निर्वाचन पूर्व गरिएका सबै प्रतिबद्धता पूरा गरिने जानकारी गराउनुभयो ।
उहाँले मत परिणामको अन्तिम विवरण आएपछि एकताको प्रक्रिया शुरु गरिने बताउनुभयो ।
24.12¡ÆC