सुनसरी ।

फोरम लोकतान्त्रीकलाई नेपाली काँग्रेसमा मिलाएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्धार बनेका सदाबहार उपप्रधानमन्त्रीको रुपमा चिनिने गरेका विजयकुमार गच्छद्धार पराजय नजिक पूगेका छन ।

सुनसरी निर्वाचन क्षेत्र नं ३ का नेकपा एमाले उम्मेदवार भगवती चौधरीले ३०९१९ मत ल्याएर सबैभन्दा अगाडि हुँदा गच्छद्धार लगातार पछि परेका छन ।

मतगणना सकिन लाग्दा नेपाली काँग्रेसका उम्मेदवार विजयकुमार गच्छद्धारले ३०७५४ मात्र मत ल्याएका छन ।

मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो ।

मतगणनाका क्रममा नौवटा रुख चिन्हमा छाप लागेको अर्धकट्टी सहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले दबावमा आएर सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन । त्यस लगत्तै मतगणना अवरुद्ध भएको थियो ।

उक्त क्षेत्रमै एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र बदर गरिएको थियो । उक्त मतपत्र भने सग्लो अवस्थामा थियो । यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन् । सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्।

मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ ९ख० निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो। मतगणना स्थगित भएपछि कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताले मतगणना स्थलमा नाराबाजी गरेपछि झडपको स्थिति सिर्जना भएको थियो।

अहिले मतदान स्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ ।

20.12¡ÆC