रघुबिर महासेठ धनुषाबाट निर्वाचित, कांग्रेस नेता महेन्द्र यादव पराजित

मंसिर २५, २०७४ मा प्रकाशित | 1051 views

धनुषा ।
धनुषा क्षेत्रनम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि एमाले नेता रघुविर महासेठ निर्वाचित भएका छन् ।

महासेठ २२ हजार ५ सय ३२ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेस नेता महेन्द्र यादवलाई २ हजार ५ सय ४१ मतान्तरले महासेठले हराए । कांग्रेस नेता यादवले १९ हजार ९ सय ९१ मत ल्याएका छन् ।

मतगणनाको शुरुवाती चरणदेखि अग्रस्थानमा रहेका राजपा फोरम गठबन्धका फोरम नेता महाजन यादव १९ हजार हजार ६ सय ३२ मत मात्र ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।

यसैगरि धनुषा क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया १३ हजार मतान्तरले विजयी भएका छन् । अरगडिया ३२ हजार ४४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

राजपाको समेत समर्थन पाएका अरगडियाले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झालाई १३ हजार ३ सय २९ मतान्तरले पराजित गरे । झाले १८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web