झापा ।

पूर्वप्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका दाबेदार एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिद्धन्द्धि भन्दा २९ हजार बढी मत ल्याएका ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ओलीको यो मतान्तर यो निर्वाचनमा सबैभन्दा बढी हो ।

उनका निकटम प्रतिद्वन्द्वी डा खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याए ।

यता वाम गठबन्धनका सूत्रधार मानिएका नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।

बर्दिया क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्य उम्मेद्धार गौतम कांग्रेसका संजयकुमार गौतमसँग ७५३ मतको अन्तरले पराजित भएका छन् ।

सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए ।

22.12¡ÆC