बारा ।

निर्वाचन क्षेत्र न ३ मासरकारका श्रम तथा रोजगार मन्त्री फरमुललाह मंसुरलाई हराउदै संघिय समाजवादी फोरम नेपालका रामबाबु कुमार यादव बिजयी हुनु भएको छ ।

यादवले २१ हजार ३ सय ३६ मत प्राप्त गरी बिजयी हुनु भएको छ । उनका निकडतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यानन्द पाण्डेयले १६ हजार ३ सय ६२ मत प्राप्त गर्नु भएको थियो भने नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले १६ हजार २६ मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेले जानकारी दिनु भएको छ ।

त्यसैगरि निर्वाचन क्षेत्र न ३ को प्रदेशसभा ख मा संधिय समाजवादी फोरम नेपालका पारस साहले बिजयी प्राप्त गर्नु भएको छ ।

साहले ११ हजार ५ सय १७ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका जयचन्द्र चौरसियाले ४ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएको छ । बाम गठबन्धनका एमसमिल्लाहले ३ हजार ४ सय ३० मत प्राप्त गर्नु भएको थियो ।

18.21¡ÆC