काठमाडौं ।
भारतका लागि नेपाली राजदूत रहँदा नेपालको गोप्य सूचना चूहाएको आरोपमा हटाएर पून काँग्रेस सरकारबाट थमौति पाएका दीपकुमार उपाध्याय प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन ।

कांग्रेसका नेता समेत रहेकाउपाध्याय कपिलवस्तु क्षेत्र नम्बर १ मा पराजित भएका हुन् । उनलाई माओवादी नेता तथा पूर्व लडाकु कमाण्डर चक्रपाणी खनाल बलदेवले हराएका हुन् ।

आइतबार अपरान्ह सम्पन्न मतगणना अनुसार भारतको लागि नेपाली राजदूत जस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी छाडेर प्रतिनिधिसभाको उम्मेदवार बन्न आएका उपाध्यायलाई पराजित गरेका खनालले कपिलबस्तु १ बाट २९ हजार ७९९ मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।
तर, कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि उपाध्यायलाई पुनः भारतको राजदूतमा नियुक्त गरिएको थियो ।

उपाध्याय चुनावको मुखमा राजदूत पदबाट राजिनामा दिएर आएका थिए ।

24.12¡ÆC