महोत्तर ।
नेपाली काँग्रेसबाट राजनीति गर्दै क्षेत्रिय राजनीतिमा होमिएका राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
पछिल्लो समय भारत निकट रहेको आरोप र विवादास्पद अभिव्यक्तिले विवादमा तानिँदै आएका ठाकुर २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।
24.12¡ÆC