मकवानपुरका सबैठाम बामैबाम । सदावहार उपप्रधानमन्त्री कमल थापा ६ हजार मतले पराजित

मंसिर २४, २०७४ मा प्रकाशित | 1015 views

मकवानपुर ।

मकवानपुर जिल्लाको सबै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लाको प्रतिनिधि सभा तर्फ २ वटामा नै बामगठबन्धनका उम्मेदवारले जीत हासिल गरेका छन् भने चारवटा प्रदेश सभा रहेको यो जिल्लामा एउटा क्षेत्र बाहेक सबैमा बामका उम्मेदवारले जितेका छन् ।

मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ मा बामका उम्मेदवार कृष्ण प्रसाद दाहालले ४० हजार ६ सय ३१ मत ल्याइ बिजयी हुनु भएको छ भने लोकतान्त्रिक गठबन्धनका राप्रपाका अध्यक्ष कमल थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गर्नुभयो ।

यसैगरी क्षेत्र नम्बर २ मा बाम गठबन्धनका बिरोध खतिवडाले ४६ हजार ४ सय ८१ मत ल्याई बिजयी हुनुभयो भने लोकतान्त्रिकी काँग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्यायले ३४ हजार ९० मत प्राप्त गनुृभयो  ।

प्रदेश तर्फ १ को क बाट बामका प्रेम बहादुर पुलामीले २१हजार ६ सय २९ मतका साथ बिजयी  हुनुभयो भने लोकतान्त्रिक गठबन्धनका धर्मराजा  लामिछानेले १८ हजार ७ सय ७५ मत प्राप्त गर्नुभयो ।

प्रदेश १ कै ख बाट बामका डोरमणी पौडेलले २० हजार ७ सय ३ मतका साथ बिजयी हुनुभयो भने लोकतान्त्रिक गठबन्धनका अशोक शाक्यले १६ हजार ५ सय ८१ मत प्राप्त गर्नुभयो  ।

यसरी नै क्षेत्र नम्बर २ को क बाट बामकी कुमारी मोत्तानले २७ हजार १ सय ३२ मतका साथ बिजयी हुनुभयो । भने उहाँलाई लोकतान्त्रिकका नेपाली काँग्रेसका यतिराज सापकोटाले १४ हजार १ सय ३६ मत प्राप्त गर्नुभयो ।

प्रदेश २ कै ख बाट लोकतान्त्रिकका नेपाली काँग्रेसका नेता इन्द्र बानियाले १९ हजार २ सय ५ मत प्राप्त गरी बिजयी  हुनुभयो भने नेकपा एमालेका राजाराम स्यांगतानले १७ हजार ८ सय ३४ मत प्राप्त गर्नुभयो ।

यसैबीच हेटौडामा आज बाम गठबन्धनले सयुक्त रुपमा बिजय जुलुस समेत मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web