डा सूर्यराज आचार्यद्धारा काठमाडौं २ मा बिजयी माधव नेपाललाई बधाई

मंसिर २३, २०७४ मा प्रकाशित | 1911 views

काठमाडौं ।

विवेकशिल साझा पार्टीका प्रवक्ता एवं काठमाडौं क्षेत्र नं २ का उम्मेद्धार डा सूर्यराज आचार्यले सो क्षेत्रबाट बिजयी एमाले उम्मेद्धार माधवकुमार नेपाललाई बधाई दिएका छन ।

एमाले पूर्व महासचिव एवं पूर्वप्रधानमन्त्री नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए ।

त्यस्तै विवेकशील साझा पार्टीका उम्मेद्धार सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएका छन ।

उम्मेद्धार आचार्यले छोटो समयमै उत्साहजनक मत पाएको भन्दै सबैमा धन्यवाद व्यक्त गर्दै एमाले नेता नेपाललाई बधाई दिदैं सुसंस्कृत राजनीतिक अभ्यास, सुशासन, राष्ट्रिय विकास र समृद्धिको जनअपेक्षामा योगदान गर्न सफलताका लागि शुभकामना व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन ।

प्रेस विज्ञप्ती

काठमाडौं क्षेत्र नं. २ को मतगणना भर्खरै सकिएको छ । यस क्षेत्रबाट प्रतिनीधिसभा सदस्यमा निर्वाचित एमाले नेता माधव कुमार नेपाललाई हार्दिक बधाईको साथसाथै सुसंस्कृत राजनीतिक अभ्यास, सुशासन, राष्ट्रिय विकास र समृद्धिको जनअपेक्षामा योगदान गर्न सफलताका लागि शुभ(कामना दिन चाहन्छु ।

करिब छ हप्ताको चुनावी अभियानमा यस क्षेत्रका स्थानीय बुद्धिजीवी, नागरिक अगुवा, सामाजिक संघसंस्थामा जोडिनुभएका व्यक्तित्वहरु, स्वंयसेवी साथीहरु लगायत प्रतिष्पर्धी राजनीतिक दलमा आवद्ध धेरै कार्यकर्ता समेतको सहनुभुति र सहभागिताले हामी सम्मानजनक मत सहित तेस्रो स्थान हासिल गर्न सफल भएका छौं ।

प्रतिष्पर्धी राजनीतिक पार्टीको तुलनामा तल्लो तहसम्म चलायमान हुने संगठन नै नभएको हाम्रो दलले प्राप्त गरेको हरेक मत महत्वपूर्ण, मुल्यवान् र दुरगामी प्रकृतिको छ ।

जनताको अपार स्नेह, विश्वास र सद्भावका कारण चुनावी अभियानमा संलग्न हामी अत्यन्त उत्साहित छौं । हाम्रो क्षेत्र नं. २ को चुनाव परिचालन समूहका सबै साथीहरु, विवेकशील साझा पार्टीका शुभेच्छुक, सदस्य र नेतृत्वकर्ता साथीहरु , चन्दादाता सहयोगीहरु र अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै व्यक्तित्वहरुप्रति म आभारी छु ।

सामाजिक राजनीतिक जागरणको अभियान जारी रहनेछ । हामी यस क्षेत्रका महानुभावहरुसंग भेटघाट, अन्तरक्रिया, र रचनात्मक क्रियाकलापहरु मार्फत निरन्तर सामाजिक सम्पर्कमा रहनेछौं ।

चुनावपछि गठन हुने सरकारले सुसंस्कृत राजनीतिक अभ्यास सहित विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्त गर्न ऐतिहासिक भूमिका निर्वाह गर्न सकोस् ।

नेपालको जय होस् !

धन्यवाद,

सूर्यराज आचार्य, उम्मेदवार, काठमाडौं क्षेत्र नं २,

मिति स् २०७४।८।२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web