तुलसीपुर ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेल प्रदेशसभामा भारिमत अन्तरले विजयी हुनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नं २ ‘ख’बाट पोखरेल २० हजार ७ सय २३ मत ल्याएर विजयी विजयी हुनुभएको हो ।

उहाँले नेपाली कांग्रेसका कमलकिशोर घिमिरेलाई ९ हजार ५ सय ५१ मतको परिकीलो अन्तरले पछि पार्दै विजीयी भएको निर्वाचन कार्यालय दाङले जनाएको छ । घिमिरेले ११ हजार एक सय ७२ मत ल्याउनुभएको थियो । निर्वाचन क्षेत्र नं २ को ‘क’मा प्रदेशसभामा वाम गठन्धनका अमर डाँगी विजयी हुनुभएको छ ।

डाँगीले २१ हजार सय ४ सय ५० मत ल्याएर विजयी हुनु भएको । उहाँका प्रतिस्पर्धी नेपालीकांग्रेसका भरतबहादु न्यौपानेले १३ हजार एक सय ९० मत ल्याउनुभएको थियो ।

विजयी पश्चात घोराही बजारमा विजय जुलुस मनाइएको छ । निर्वाचन कार्यालय दाङले प्रदेशसभामा बिजयी भएका पोखरेल र डाँगीलाई बाजागाजा र झाँकीजुलुस सहित बजारी परिक्रमा गराइएको थियो ।

३ वटा निर्वाचन क्षेत्र अन्र्गत तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभाका रहेको दाङमा तीन वटै प्रतिनिधिसभा सहित पाँच वटा प्रदेश सभामा वाम गठबन्धनले अग्रता लिइरहेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ को ‘क’मा वहालवाला राज्यमन्त्री डिल्ली चौधरीले अग्रता काम गरिरहनभएको छ ।

23.12¡ÆC