बीरगंज ।

पर्सा जिल्लाको ४ क्षेत्रको प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधी सभा क्षेत्र नम्बर १ ३, र ४ मा फोरम राजपा गठबन्धनका उम्मेदवार अग्रस्थानमा रहेका छन्भने क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका उम्मेद्धवारले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार क्षेत्र नम्बर १ मा फोरम राजपा गठबन्धनका प्रदिप यादवले ७ हजार २ सय ६६ मत प्राप्तगरी अग्रस्थानमा रहनुभएको छ भने । दोस्रो स्थानमा नेपाली कांग्रेसका अनिल रुंगटाले ६ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी तेस्रो स्थानमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार विचारी यादवले २ हजार २सय १६ मत प्राप्त गर्नुभएको छ ।

यता पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय चौरसियाले ४ हजार ५ सय ७८ मत प्राप्त गरि अग्र स्थानमा हुनु हुन्छ भने त्यसैगरी फोरम राजपा गठबन्धनका विमल श्रीवास्तवले ३ हजार ४ सय २३ मत प्राप्त गर्नु भएको छ । बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सलिम मन्सुरले २ हजार ५ सय २१ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा फेरि फोरम नेपालले अग्रता कायम गरेको छ । राजपा फोरम गठबन्धनका हरिनारायण रौनियारले ३ हजार ४ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी नेपाली काग्रेसका सुरेन्द्र चौधरीले २ हजार ४ सय ४३ मत प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार राजकुमार गुप्ताले १ हजार ६ सय २१ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी क्षेत्र नम्बर ४ मा फोरम राजपा गठबन्धनका लक्ष्मणलाल कर्णले ५ हजार २ सय ५६ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका रमेश रिजालले २ हजार ९ सय ८६ मत प्राप्त गर्नु भएको छ ।

तेश्रो स्थानमा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ सय २७ मत प्राप्त गर्नु भएको छ ।

21.12¡ÆC