जाजरकोटमा शक्तिबहादुर बस्नेतको शक्ति प्रदर्शन, काँग्रेस उम्मेद्धार ९ हजार मतले पराजित

मंसिर २३, २०७४ मा प्रकाशित | 668 views

जाजरकोट ।

जाजरकोटबाट प्रतिनिधी सभा र प्रदेश सभा क तथा ख दुबैमा बाम गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् ।

प्रतिनिधी सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् । पूर्व गृहमन्त्री बस्नेतले का“ग्रेसका राजिव विक्रम शाहलाई ८ हजार ९ सय ९२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

माओबादी नेता बस्नेतले ३२ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । बस्नेतका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहले २३ हजार २ सय ८९ मत प्राप्त गरेका छन् । बस्नेत माओबादी केन्द्र ६ नं प्रदेश इन्चार्ज पनि हुन् । प्रतिनिधी सभामा ६० हजार मत खसेको थियो । प्रतिनिधी सभामा खसेको मध्ये ४ हजार मत बदर भएको छ ।

बस्नेतले पहिलो काम जिल्लामा सडक पुर्वाधार विकास, कृषिमा व्यवसायीकरण गर्ने, ४१० मेघावाटको लनसिंहगाड जल विद्युत आयोजना निर्माणमा जोड दिने, वेरोजगारी समस्या समाधान गर्ने, गरीवी घटाउने, जल विद्युत उत्पादन, खनिज उद्योग, पर्यटन प्रवद्र्धन, खानेपानी समस्या समाधान गर्ने लगाएत कार्यमा जोड दिने बताएका छन् । बाइट… शक्तिबहादुर बस्नेत प्रतिनिधिसभा सदस्य जाजरकोट ।

जाजरकोट प्रदेश क मा माओबादीका सिंह विजयी

प्रदेश सभा सदस्यमा वामगठबन्धनका उम्मेदवार माओबादीका गणेश प्रसाद सिंह विजयी भएका छन् । सिंहले १६ हजार ९ सय ११ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेदराज सिंहले १२ हजार ८ सय ७८ मत प्राप्त गरका छन् । सिंहले का“ग्रेसका सिंहलाई ४ हजार ३३ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । मत गणना सुरु भएदेखि नै सिंहको अग्रता रहेको थियो । सिंह माओबादी केन्द्रका जाजरकोट इन्चार्ज पनि हुन् । प्रदेश क मा ३२ हजार मत खसेको थियो । क मा २ हजार १ सय मत बदर भएको छ ।

प्रदेश ख मा एमालेका शाही विजयी

प्रदेश सभा ख सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १ सय ८५ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गरका छन् । शाहीले का“ग्रेसका शाहलाई ४ हजार ८ सय २५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । शाही एमालेका जिल्ला अध्यक्ष पनि हुन् । प्रदेश ख मा २८ हजार मत खसेको थियो । जस मध्ये २ हजार मत बदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web