जनार्दन शर्माले सांसदमा निर्वाचीत भएपछि भने-जनतालाई कहिलै निराश बनाउँदिन

मंसिर २३, २०७४ मा प्रकाशित | 930 views

रुकुम ।

रुकुम पश्चिमबाट प्रतिनिधीसभा सदस्यमा बिजयी उम्मेदवार जनार्दन शर्माले रुकुम र रुकुमेलीहरुलाई आफुले कहिलै निरास नबनाउने बताउनुभएको छ । अमुल्य मत दिएर रुकुमेली जनताहरु सधैं आफ्नो पक्षमा रहेको भन्दै शर्माले सबै मतदाताहरुलाई धन्यबाद समेत दिनुभएको छ ।

बिना बिभागीय मन्त्री समेत रहनुभएक शर्माले आज सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरिएको बिजयसभामा बोल्दै यस्तो कुरा बताउनु भएको  छ ।

रुकुमको विकास र समृद्धि सपना पुरा गर्न निर्बाचनअघि घोषणा गरिएको आफ्नो मार्गचित्र अनुसार नै अघि बढ्ने भन्दै त्यसका लागी मतदानको बेला जस्तै गरि निरन्तर जनताको साथ र सुझाबको आशा र बिश्वास राखेको बताउनुभयो ।

त्यस्तै रुकुम पश्चिम प्रदेशसभा क का बिजयी उम्मेदवार रातो कामीले उत्पीडित समुदायको उम्मेदवारलाई जनताले भारीमतका साथ बिजयी गराएर ठुलो गुण लगाएको बताउदै आफु निरन्तर रुकुमको उत्पीडित समयुदायको हकअधिकारसगै दुर्गमगाउँको विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा ख का बिजयी उम्मेदवार गोपाल शर्माले आफुलाई मत हालेर महत्वपुर्ण जीम्मेवारी दिने मतदाताहरुलाई धन्यबाद दिदै आफ्नो प्रतिद्धन्द्धी उम्मेदवारलाई मत हालेका मतदाताहरुपनि हाम्रो उम्मेदवार भएन भनेर निरास नहुन आग्रह गर्नुभयो ।

आफ्नो क्षेत्रका समग्र जनताहरुको विकास र सामाजिक न्यायको अभियानमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । बिजय ¥याली बजार परिक्रममा गर्दै बराहटाकुरामा गएर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web