पर्वतमा गणना शुरु, वागलुङमा बाम गठबन्धनको अग्रता

मंसिर २२, २०७४ मा प्रकाशित | 1567 views

पर्वत ।
पर्वतको मतगणना भर्खरमात्रै शुरु भएको छ । दिउँसो १ वजे गर्ने भनेको मतगणना अहिले साँझ ५ वजेवाट मात्रै गणना शुरु भएको हो । पर्वतमा कुल मतदाता १ लाख ७ हजार ३ सय मध्ये ६९ हजार ८ सय ९५ मत खसेको छ । एक प्रतिनिधी सभा र दुई प्रदेशसभा रहेको पर्वतमा वाम र लोकतान्त्रिक गठवन्धन चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधी सभामा काँग्रेसको तर्फवाट अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी चुनावी मैदानमा रहेका छन् । जोशी तिन पटक लगातार चुनाव जितेका उम्मेदवार हुनुहुन्छ गिरी एमालेका जिल्ला अध्यक्ष हुनुहुन्छ । प्रदेशसभा क मा काँग्रेसका नवराज गुरुङ र माओबादी केन्द्रका नेत्रनाथ अधिकारी रहनुभएको छ । प्रदेशसभा ख मा काँग्रेसका राजेन्द्रप्रसाद तिवारी र एमालेका विकास लम्साल चुनावी मैदानमा रहेका छन् ।
बागलुङ प्रतिनिधी सभा क्षेत्र नं १
एमाले (सुर्य पाठक) — १९४०२
काग्रेस (चम्पादेवी खड्का) —१२०५४
प्रदेश सभा क्षेत्र नं १ को (क)
एमाले( इन्द्रलाल सापकोटा) —८६८९
दिपेन्द्र थापा(नेपाली काग्रेस) —५९७३
प्रदेश सभा क्षेत्र नं १(ख)
(राजमो) कृष्ण थापा— ९५७७
काग्रेस(प्रकाश शर्मा पौडेल)—५६१३
प्रतिनिधी सभा क्षेत्र नं २
नेकपा माओबादी केन्द्र (देवेन्द्र पौडेल)— १४८६२
काग्रेस (नरबहादुर पुन निरज)—११४७५
प्रदेश सभा क्षेत्र नं २ (क)
काँग्रेस (मञ्जेशबम मल्ल) —७४१६
माओबादी (चन्द्र बुढा मगर) ७८६८
प्रदेश सभा क्षेत्र नं २ को (ख)
राजमो(टेकबहादुर घर्ती)— ८७९३
काग्रेस(जित शेरचन)— ६४७१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web