मुस्ताङबाट काँग्रेस बडारियो, तीनै क्षेत्रमा वाम उम्मेदवार विजयी

मंसिर २२, २०७४ मा प्रकाशित | 895 views

बेनी ।

हिमालपारिको जिल्लाको रुपमा चिनिंदै आएको मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेसका उम्मेद्धारहरुलाई सबै उम्मेद्धारीमा हराउँदै प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट उम्मेद्धार प्रेमप्रसाद तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकाली ३१८१ मत ल्याएर पराजित भएका छन ।

यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्वाचनमा पनि भिडेका थिए।

त्यसबेला प्रेमप्रसाद स्वतन्त्रबाट प्रत्यासी थिए। उनलाई रोमीले ११ मतले पराजित गरेका थिए । प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र क तर्फ लोमान्थाङका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी भएका छन् ।

उनी एमालेबाट उम्मेदवार भएका हुन्।

उनका निकटमक प्रतिबद्वन्द्वी कांग्रेसका मिङकर गुरुङले ६५७ ल्याएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन्।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web