हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

मंसिर २२, २०७४ मा प्रकाशित | 958 views

हुम्ला ।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेस उम्मेद्धारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।

लामाले कांग्रेसका उम्मेदवार मंगलबहादुर शाहीलाई ४७ मतले पछि पार्दै जित हात पारेका हुन् । लामाले ८४९१ मत प्राप्त गरे भने शाहीले ८४४४ मत प्राप्त गरे ।

माओवादी उम्मेदवार छिमी दोर्चे लामाले २११८ मत प्राप्त गरे ।

स्वतन्त्र रुपमा उम्मेवार बनेका छिमी दोर्जेलाई वाम गठबन्धनको समर्थन रहेको थियो ।

एमाले माओवादी गठबन्धनकोतर्फबाट माओवादी पार्टीका जिल्ला इन्चार्ज तथा पूर्व संविधानसभा सदस्य छिमीदोर्जे लामालाई प्रतिनिधिसभाको टिकट दिएपछि पुर्वराज्यमन्त्रीसमेत रहेका छक्कबहादुर लामाले पार्टी निर्णयको विरोध गर्दै स्वतन्त्र उम्मेरदारी दर्ता गराएका थिए ।

पछि पार्टीका कार्यकर्ताले आधिकारिक उम्मेदवार छिमीदोर्जेभन्दा छक्कबहादुरकै जनाधार राम्रो रहेको निकर्ष निकालेपछि वाम गठबन्धनले स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुरलाई नै समर्थन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web