मनाङबाट एमाले उम्मेद्धार पाल्देन गुरुङको जित, दीपक मनाङे पनि बिजयी

मंसिर २२, २०७४ मा प्रकाशित | 979 views

काठमाडौं ।

मनाङमा पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन् ।

पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतले पराजित गर्दै गुरुङ प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् ।

पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।

यसैगरि एमाले माओवादी केन्द्रको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका गूण्डागर्दीमा संलग्न रहँदै आएका दीपक मनाङे नामले चिनिएका राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश ख बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे ।

एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिए मनाङेलाई समर्थन जनाएकी थिइन् । मनाङेलाई नेकपा एमाले सहित बाम गठबन्धनले समर्थन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web