तनहुँमा चार पेस्तोलसहित तीन युवा पक्राउ

मंसिर १८, २०७४ मा प्रकाशित | 2832 views

दमौली ।

तनहुँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले सोमबार पक्राउ परेको छ ।

आँबुखैरेनीकै स्थानीय २८ वर्षीय अभियान श्रेष्ठ, २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङलाई प्रहरीले समातेको हो ।

समातिएका ४ पेस्तोलमध्ये ३ वटामा गोली लोडसमेत भएको प्रहरीले भेटेको छ। बाँकी ३९ गोली भने छुट्टै थिए।  त्यतिका गोली र पेस्तोलसहितका युवा रहेको सूचना पाएपछि विशेष सुरक्षा व्यवस्थासहित प्रहरीले उनीहरुलाई समातेको थियो।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर गुरुङ नेतृत्व टोलीसहित नेपाली सेनाको कृष्णदल गण ढकालटारका प्रमुख सेनानी अशोककुमार कार्की नेतृत्व टोलीले ती युवालाई समात्न सकेको हो। सेना र प्रहरी टोलीले आइतबार रातिदेखि नै खोजखन्तर गरेपछि ती युवा सोमबार बिहानमात्रै भेटिएका थिए। प्रहरी निरीक्षक गुरुङका अनुसार विशेष सूचनाका आधारमा स्थानीय अभियान श्रेष्ठको घरमा छापा मार्दा सो परिमाणको हातहतियार फेल परेको हो।

बरामद भएका पेस्तोल इटालेली ब्रान्डको रहेको बताइएको छ।

गोलीगट्ठासहितका युवाले सुरक्षाकर्मीमाथि पनि हमला गर्न सक्ने आशंका राखेर सशस्त्र प्रहरी बलको टोली निरीक्षक चन्द्रकुमार थापा नेतृत्वमा पुगेको थियो।

प्रमुख जिल्ला अधिकरी रितेशहुमार शाक्यले निर्वाचनको सुरक्षाका लागि विशेष सतर्कता अपनाउने क्रममा उनीहरू पक्राउ परेको र थप अनुसन्धान गरी सत्यतथ्य सत्ता लगाइने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web