काठमाडौं ।

चुनावी प्रचारका क्रममा घरदैलो गरिरहँदा अज्ञात समूहको विस्फोटमा परी काँग्रेस उम्मेद्धार गगन थापा सहित ९ जना घाईते भएका छन ।

सोमबार बिहान चपली हाइटमा घरदैलो कार्यक्रम चलिरहँदा विस्फोट भएको र

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका थापासहित ९ जना घाइते भएका छन ।

विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको प्रहरीले जनाएको छ । यद्यपी थापाको अवस्था सामान्य रहेको छ । थापासहित ९ घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ ।

सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

19.12¡ÆC