विदुर ।

नुवाकोटको किस्पाङ गाउँपालिका शान्तिबजार नजिक ट्रिपर दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरमा रसुवासँग सीमा जोडिएको किस्पाङ गापा वडा नं। ५ शान्तिबजारमा आइतबार राति दुई वजे त्रिशूलीबाट मैलुङतर्फ जाँदै गरेको बा४ख ७९२७ नम्वरको ट्रिपर सडकबाट एकसय मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्रिपर चालक नुवाकोटको ककनी गाउँपालिका वडा नं ४ का ३० वर्षीय पदमवहादुर श्रेष्ठ, किस्पाङ गापा वडा नं २ का ३५ वर्षीय सुमन तामाङ, रसुवाको उत्तरगया गापा वडा नं १ का ३३ वर्षीय श्याम तामाङ, सोही स्थानका ३५ वर्षीय दावापन्च तामाङ र सोही स्थानका ३१ वर्षीय कसिङ तामाङ घाइते भएको प्रहरी निरीक्षक कैलाश भट्टराइले जानकारी दिएका छन ।

पाँचै जनाको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चालक पदमबहादुर सुमन र श्याम गम्भीर घाइते भएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए ।

रातिको समयमा भएको दुर्घटनाको अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा ट्रिपर खाली रहेको पाइएको छ ।

21.12¡ÆC