शहिदको अडियो, भिडियो र तस्वीर राखेर निर्वाचन प्रचार नगर्न तराईकेन्द्रित दललाई निर्देशन

मंसिर १५, २०७४ मा प्रकाशित | 948 views

काठमाडौ ः

दोस्रो चरणमा मंसिर २१ गते बिहीबार ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा धेरैजसो तराईकेन्द्रित दल र उम्मेदवारले सहिदलाई प्रयोग गरेर मत माग्ने कार्य भइरहेकाप्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

विशेष गरी प्रदेश नम्बर २ सहितका जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य, तस्वीर (अडियो, भिडियो, फोटो) तथा सहिदका तस्वीरलाई सामाजिक सञ्चारमाध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब, ब्लग, अनलाइन समाचारमार्फत राखेको पाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

त्यस्ता सामग्रीबाट सहिदको सम्मानमा समेत आघात पुग्ने भएकाले निर्वाचन आचारसंहिताविपरीतका सामग्री तत्काल हटाउन आयोगले सम्बद्ध सबै प्रयोगकर्तालाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्ने गरी राखिएका आन्दोलनका अडियो, भिडियो, फोटो तथा सहिदका तस्वीरलाई तत्काल हटाउने व्यवस्था गर्न, गराउन र अटेर गरी राख्नेलाई कानूनअनुसार आवश्यक कारबाहीको दायरामा ल्याउन दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, अनुगमनकर्तालाई आयोगले निर्देशन दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web