‘लोकतन्त्रको रक्षा गर्ने पार्टी भनेको कांग्रेस हो,त्यसमा कुनै दुईमत छैन,मेरो जित निश्चित छ’
मंसिर ११, २०७४ मा प्रकाशित Published at 2017-11-27
13500 views

नेपाली काग्रेंसका नेता तथा पुर्व दोधारा गाबिस अध्यक्ष बेल बहादुर राना कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका काग्रेंसका उम्मेदवार हुन् । २०५४ सालमा राना दोधारा गाबिसका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै उनी २०४९ सालमा क्षेत्रपालमा निर्वाचित भएका थिए । राना २०५७ सालमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति कञ्चनपुरको सदस्य समेत भए । युवा उमेर देखि राजनितिक क्षेत्रमा होमिएका बताउने उम्मेदवार राना राजनीति मार्फत समाज सेवा गर्नका लागि अहिले मतदाताको घर घरमा पुगेर समर्थन खोजेका छन् ।

विगतमा गाविस अध्यक्ष रहदा इमान्दारिताका साथ काम गरेको रानाले जनताको सेवा नै आफ्नो जितको आधार रहेको बताँउदै आएका छन् । आगामी दिनमा पनि जनताकै सेवामा आफूलाई समर्पित गराउने उनको दृढ इच्छा रहेको छ । आफुले चुनाव जिते पक्की सडक, पुल, शिक्षा, स्वास्थ्य, खानेपानी, नदी नियन्त्रण, आरक्ष पिडितको समस्या र ग्रामीण सडक सञ्जाल कालोपत्रे गर्ने बिशेष योजना रहेको बताँउदै आएका छन् । प्रस्तुत छ आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका नेपाली काग्रेंसका उम्मेदवार बेल बहादुर राना संग पत्रकार पप्पु गुरुङ्गले गरिएको कुराकानीः –

चुनाव नजिकिएसँगै कत्तिको व्यस्त हुनुहुन्छ ? स्वभाविक रुपमा, अहिले धेरै व्यस्तता बढेको छ । नेपाली काग्रेंसका तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा उम्मेदवारी पाएपछि जनताको समस्या बुझन प्रत्येक जनताको घरमा पुग्दै छु । विहानै निस्केको राती अबेर सम्म जनताकै घर दैलोमा हुन्छु । कतै भेटघाट, कतै छलफल अनि भेला तथा सभाहरुले व्यस्तता बढाएको छ । पार्टीले विश्वास गरेर खटाइसकेपछि त्यसै बस्न पनि भएन । म पनि जनताको सेवा गर्न ज्यादै इच्छुक मान्छे । त्यहि भएर जनताको समस्या सुन्न म घर घर नै गईरहेको छु । यसैमा समय वितिरहेको छ, फुर्सद छैन व्यस्त नै छु ।

तपाईको चुनावी एजेण्डा के के छन् ?

मैले भन्ने एउटै कुरा हो । यहाँ जति पनि उम्मेदवार छन् त्यस मध्ये राम्रोलाई छान्नु होला । इमान्दारलाई भोट दिनुस् । पैसाको लोभमा नलाग्नुहोस् । भोट किन बेचमा लाग्नुभयो भने फेरी तपाई हाम्रो भविष्य अन्धकारमा वित्छ । अबको समय भनेको समृृद्धि र विकास हो । त्यसैले मलाई नै भोट दिनुस भन्दिन् तर इमान्दार र राम्रो छान्नुस्, भन्ने गरेको छु । साथ साथै मेरो आफ्नो एजेण्डा कै कुरा गर्नु पर्दा कञ्चनपुर क्षेत्रलाई समुद्ध बनाउने हो ।

नेपाली काग्रेंसले बिगतका दिनहरुमा महाकाली नगरपालिका लगायत कञ्चनपुरलाई समृद्धि तिर लाने काम गरेको छ । साथै पार्टीले विकास निमार्णका कामलाई समेत प्राथिमकताका साथ अगाडि बढाँउदै आएको छ । महाकाली नगरपालिका लगाएत क्षेत्रमा नेपाली काग्रेंसले गरेको काम सबै माझ छर्लङ्ग छ । नेपाली काग्रेंसले जे बोल्यो अझै सम्म त्यही काम गर्दै आएको छ । अरु दल जस्तो झुटोको खेती गर्ने हाम्रो पार्टी हैन । महाकाली नदी, जगबुडा नदी नियन्त्रण, महाकाली नदीमा झोलुङ्गे पुल, सुख्खा बन्दरगाहा, माहाकालीमा ४ लेनको पक्की पुल लगाएत थुप्रै राम्रा यस क्षेत्रलाई सुधार गर्ने र सर्वसुलभ र सहज बनाउने नै मेरो प्रमुख एजेण्डा हो ।

तपाईलाई मतदाताले भोट किन दिने ?

‘मेरो इमान्दारीता र मैले विगतमा गरेको सेवा नै,’ मलाई विश्वास गर्ने आधार हुन् । २०५४ सालमा दोधारा गाबिसका अध्यक्ष पदमा विजय भए । मैले गाविस अध्यक्ष हुदा तत्काल शिक्षा, स्वास्थ्य, ग्रामिण सडक र नदी नियन्त्रणमा प्राथमिकता दिए । त्यो बेलाको बजेटको अनुपातमा थोरै भएपनि उदाहरणीय कार्य गर्न सके । फुसका छाना भएका माहाकाली नगरपालिकाका विद्यालयलाई पक्की बनाउने, कच्ची सडकलाई ग्राईबेल गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने र महाकाली र जोगबुडा नदी नियन्त्रणको कार्यमा मेरो योगदान रहेको छ । त्यसैले मैले सेवा गर्नका लागि कुनै एक निश्चित स्थानमा बसेर हुदैन भनेर राजनीतिमा होमिएको छु । जसबाट म जनताको घर घरमा पुगेर सेवा गर्न सक्छु । ‘सेवकलाई रोज्ने कि शोसकलाई त्यो जनताकै हातमा छ ,’ म त सधै सेवक बनेर काम गर्न चाहन्छु ।

घर दैलोमा जाँदा मतदाता के भन्छन ? तपाई सामु मतदाताले के कस्ता मागहरु राखे ?  जनताहरुको पहिलो प्राथमिकता वा माग भनेको सडक बाटो नै रहेको छ । साह्ै असहज भो बाटो भत्केर भन्छन् । महाकाली नगरपािलका लगायतका क्षेत्रमा कच्ची सडक नै छ । कतिपय स्थानमा नेपाली काग्रेंसको पहलमा पक्की सडक निमार्ण भएको छ भने, कतिपय स्थानमा निमार्ण क्रम जारी छ । अझै थुप्रै स्थानमा पिच सडक बनाउनु पर्ने अवस्था छ । विद्यालय, स्वास्थ्य जस्ता कुराहरु पनि गर्छन । अहिले पनि जनतामा धेरै समस्या रहेको देखेको छु । अझै पनि झुप्रोमा जिन्दगी विताउनु पर्ने कठिन र संघर्षमय अवस्थामा थुप्रै बस्ती रहेका छन् । गाँउ, बस्तीमा घुम्दा धेरै अनुभव बटुल्न पाएको छु । जनताको समस्या प्रत्यक्ष र्हेर्न पाएको छु । सडकका साथसाथै रोजगारी, स्वास्थ्य, शिक्षा जस्ता कुराहरु नै पहिलो प्राथमिकतामा पाएको छु । मैले प्रतिज्ञा गरिसकेको छु,म जितु या हारु अबको मेरो समय भनेको जनताको सेवामा वित्छ । त्यसैमा म लागिरहेको छु ।

मुलुकमा वामगठबन्धन भएको छ, यस्तोमा तपाई निर्वाचनमा होमिनु भएको छ , चुनाव जित्छु जस्तो लागेको छ ?  मलाई ,चुनाव चित्न सहज छ । को कहाँ, के छन् भन्ने मलाई थाहा छैन । यहाँका जनताले राम्रो संग बुझेका छन् । वामगठबन्धनका उम्मेदवारहरु जनताको नजरबाट उनीहरु ‘फेलियर’ भईसकेका छन् । अब उनीहरुबाट केहि हुनेवाला छैन भन्नेमा जनता ढुक्क छन् । दुर्गम क्षेत्रमा रहेका आमजनताले कहिल्यै अधिकार पाएनन् । मुस्लिम, अल्पसंख्यक, थारु, जनजाति लगाएत अहिले जो जसलाई अधिकार सम्पन्न गराइएको छ त्यो सबै काग्रेंसको देन हो ।

त्यसमाथि अहिले एमाले र माओवादी मिलेर हामी जनताको घरघरमा पुगिरहेका छन् उनीहरुलाई आमजनताले चिनिसकेका छन् कि कहिले एउटा पार्टीमा जाने कहिले अर्को पार्टीमा जाने त्यस्ता विश्वास नभएका उम्मेदवारहरुलाई जनताले विश्वास गर्ने कुरै भएन् । जनताले स्पष्ट भनेका छन्,दल बदल्ने नेताहरुलाई हामी भोट दिन्नौ ।

म युवाअवस्था देखि काग्रेंसमा रहेर गाँउ बस्तीमा जनताको पिरमर्का नजिकैबाट हेर्दै आएको छु । काग्रेंसको लोकतन्त्रको नारालाई जनताले बुझेका छन् । मेरो इमान्दारीता नै मेरो जितकोे आधार हो । मैले समाजमा गरेको सेवा, मेरो लगनशीलता यहि नै , मेरो जितको आधार पनि ।

निर्वाचन नजिकिदै जाँदा प्रचार प्रसार र निर्वाचनका लागि जनताको सहयोग कत्तिको पाउनु भएको छ ?

काग्रेंसलाई जनताले बढी विश्वास गर्दै आएका छन् । जिल्लाका नेता तथा कार्यकर्ता सबैको सल्लाहमा नै आफुहरु प्रचारमा लागेका छौं । महाकाली नगर क्षेत्र लगायतका स्थानमा काग्रेंसका उम्मेदवारलाई जिताउने लहर नै चलेको छ । हाम्रो सम्मानिय नेता पुर्व मन्त्री रमेश लेखक नेपाली काग्रेंसको तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । यसमा आमजनताबाट मैले राम्रो सहयोग पाईरहेको छु । समृद्ध गर्ने अभियानमा लागेकाले नेपाली काग्रेंसको जित निश्चित छ , मेरो जित निश्चित छ ।

यदि चुनाव जित्नु भयो ,तर चुनाव जितेर शहरतिर हराउने चलन प्रशस्त छ,तपाई पनि त्यही परम्पराको पछि लागेर हराउने हो कि ?

हैन, विल्कुललै होईन् । यहाँलाई जानकारी गराउन चाहान्छु, मेरो घर माहाकाली नगरपालिका वडा नं. ७ मा हो । सानै देखि म यही माटोमा हुर्के अब बुढेसकाल लाग्न थाल्यो । जितेर,म कहाँ हराउला र ? म सधै जनताकै सेवामा तल्लिन हुने मान्छे । कहिल्यै पनि सोच्दिन कि जनताबाट टाढा जाउ । मलाई राजनीतिबाट निस्वार्थ सेवा बाहेक हरु केहि कमाउनु छैन । मैले परिवार चलाउनको लागि, आफनै मेहनत र पसिनाबाट कमाएको छु । म एउटा सामान्य घरको मान्छे । मैले कमाएर अब छोरालाई दिनु छैन् । छोराछोरी सबै कमाउने भईसकेका छन् । विशुद्ध रुपमा सेवा गर्न नै म यो राजनीतिमा लागेको हँु । अरु जस्तो राजनीति बाटै रोजिरोटी चलाउन म यसमा लागेको होइन । राजनीति भनेको समाज सेवा हो । बालबच्चाका लागि जम्मा गर्ने भन्ने अब मलाई छैन् । मलाई जनताको सेवा गर्नु छ ।

यो नै सबै भन्दा ठुलो सेवा हो, जुन जनताको घर दैलोमा पुगेर उहाँहरुको दुख सुखमा साथ दिनु हो । त्यहि भएर अहिले म मेरो ठाँउका जनताको सेवामा तल्लिन हुन राजनीति रोजेको हुँ । यो पनि एउटा तपस्या हो । जनताको सेवा गर्न पाउनु हजारौ गुणा पुण्यको काम हो । त्यसैले म यता आएको हु र सधै उहाँहरुकै साथमा हुने छु । कहि जाने वा हराउने भन्ने कुरै आउदैन् । पहिलाका नेताले अंगालेको नराम्रो बाटो मैले कहिले आत्मसाथ गर्ने छैन, यो कुरामा जनता निसन्देह बसे हुन्छ ।

अन्त्यमा

लोकतन्त्रको रक्षा गर्ने पार्टी भनेको कांग्रेस हो, त्यसमा कुनै दुईमत छैन । त्यही पार्टीमा बसेर म मेरो आफनो क्षेत्रको जनताको विकास र समृद्धिको चाहना राखेको छु ,त्यसैले जनताले मलाई साथ दिनेमा म ढुक्क रहेको छु । मेरो जित निश्चित छ ।