पहिलो चरणको निर्वाचन अपेक्षा अनुरुप सफल,६५ प्रतिशत मत खस्यो

मंसिर १०, २०७४ मा प्रकाशित | 862 views

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए। आइतबार सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मत खसेको उनको भनाइ थियो।

निर्वाचन सम्पन्न भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा. यादवले ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि भएको निर्वाचनमा पश्चिम रुकुमका दुई केन्द्रमा बाहेक सबैतिर शान्तिपूर्ण र उल्लासमय रूपमा निर्वाचन सम्पन्न भएको बताए।

पश्चिम रुकुमको बासिकोट गाउँपालिका– ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र रुकुमकै आठबीसकोट नगरपालिका– ११ को राष्ट्रिय मावि गतसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारण स्थगित गरिएको बताउँदै डा. यादवले ती केन्द्रमा चाँडै पुनः मतदान गराउने व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिए। प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि पहिलो चरण अन्तर्गत आइतबार निर्वाचन भएको हो। ३२ जिल्लाका उपरोक्त सिटमा हुने निर्वाचनका लागि ७ सय २ उम्मेदवार चुनावी मैदानमा छन्। पहिलो चरणको यस निर्वाचनका लागि मतदाता नामावलीमा नाम उल्लेख भएका मतदाता संख्या ३१ लाख ९१ हजार ९ सय ४५ थियो।

२ हजार ९ सय १९ निर्वाचन स्थल र ४ हजार ४ सय ६५ निर्वाचन केन्द्र तोकिएको यो निर्वाचनमा करिब ५० हजार कर्मचारी निर्वाचन क्षेत्र र निर्वाचन अधिकृतको कार्यालयमा खटिएका थिए। मतदान स्थल र केन्द्रमा ६ देखि ९ जना सम्म कर्मचारी गरी प्रत्येक निर्वाचन अधिकृतहरुको कार्यालयमा १० देखि १८ जना कर्मचारी थिए।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा चाहिँ पुन मतदान गराउनु पर्ने भएको छ। समानुपातिकतर्फको मतपेटिकामा एसिड हालिएकाले त्यहाँ २१ मंसीरमा समानुपातिकतर्फका लागि पुनःमतदान हुनेछ।

पहिलो चरणको यो निर्वाचनमा प्रदेश नं. ६ को रुकुममा बाँफिकोटको रत्न मावि केन्द्रमा मात्र मतदान स्थगित भएको छ, त्यहाँ २१ मंसीरमा निर्वाचन हुने आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनपनि त्यसै दिन हुँदैछ।

आज निर्वाचन भएका जिल्लामा प्रदेश–१ का सोलुखुम्बु, ओखलढुङ्गा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ छन्। यसैगरी प्रदेश–३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन्।

निर्वाचन भएका प्रदेश–४ का जिल्लाहरुमा मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा छन्। प्रदेश–५ का पूर्वी रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पनि आज नै निर्वाचन सम्पन्न भएको छ। दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी प्रदेश–४ का ४ जिल्लामा पनि आजै निर्वाचन सम्पन्न भएको छ।

आयोगका अनुसार स्थानीय संस्था र विदेशी पर्यवेक्षक गरी पहिलो चरण निर्वाचनमा करिब १० हजार पर्यवेक्षक कायक्षेत्रमा खटिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web