ओलीको बोली ‘कम्युनिस्ट सरकारमा बन्द-हडताल हुँदैन’

मंसिर ४, २०७४ मा प्रकाशित | 1315 views

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि : राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तरक्रियामा अध्यक्ष ओलीले कम्युनिस्ट सरकार आएपछि अर्थतन्त्र तहसनहस नभई झन् बलियो हुने बताए।

कम्युनिस्ट सरकारमा बन्द, हडताल भन्ने कुरा नहुने र रोजगारका लागि विदेश गएका ४० लाख युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने उनले दाबी गरे। वाम गठबन्धनको चुनावी घोषणापत्र आर्थिक समृद्धिका दृष्टिकोणले महत्वाकांक्षी भएजस्तो देखिए पनि पूरा गर्न सकिने योजना भएको अध्यक्ष ओलीको भनाइ थियो।

'महत्वाकांक्षी योजना नबनाउने हो भने त सधैँ यथास्थितिमा बसे भैगो नि, विकासका लागि महत्वाकांक्षी योजना जरुरी छ,' उनले भने। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (सन् २०१७ देखि सन् २०३० सम्म) मा हस्ताक्षर गर्ने १९३ देशमध्ये नेपाल पनि रहेको भन्दै उनले द्रुत विकास तर दिगो विकास-शैलीमा नेपालको विकास गर्न जरुरी रहेको बताए।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web