बिलासिताका सामग्री आयातले व्यापार घाटा तीन महिनामै साँडे २ खर्ब ४० अर्ब पुग्यो

मंसिर २, २०७४ मा प्रकाशित | 1166 views

काठमाडौं ।

दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीहरूको आयात उच्च भएपछि चालु आर्थिक वर्षको तीन महिनामै मुलुकको व्यापार घाटा २ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको तीन महिनाको तुलनामा १९ प्रतिशतले व्यापार घाटा वृद्धि भई २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष यही अवधिमा २ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ व्यापार घाटा भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार वीरगंज लगातका नाका हुदै साउन, भदौ र असोज महिनामा मात्रै २ खर्ब ६० अर्ब २० करोड रुपैयाँका सामग्री आयात भएका छन् ।
यो गत आर्थिक वर्षको तुलनामा करिब १८ प्रतिशतले बढी हो ।

निर्यात भने २० अर्ब ४५ करोड रुपैयाँको मात्रै भएको छ । जुन गत वर्षको तुलनामा ८ प्रतिशत मात्रै बढेको हो ।

यो वर्षको आगामी महिनाहरूमा पनि यही अनुपातमा आयात बढीरहे चालु वर्षको व्यापार घाटा १० खर्ब रुपैयाँभन्दा बढी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web